विधुत प्राधिकरण,मरिण,हरिहरपुरगढी र काभ्रेको महाभारत गाँउपालीका सहित चार पक्षिय सहमती सहित विधुती करण गर्ने निर्णय

सिन्धुली,मरिण गाउँपालिकाको वडा नम्वर २ दोभान,भोक्टेनी, लामीबगर, वडा नंम्व १ को बाघपैले साथै सोको आसपासको बस्तिमा र हरिहरपुरगढी गाउँपालिकाको वडा नंम्वर १ अन्तर्गतको दुबि गोरन, कोक्टी, सतिघाट, डावुर, तिनतले साथै सोको आसपासको बस्तिमा बिजुली बत्तिको विस्तार गर्ने योजना अघि वढाउने गरी विद्युत प्राधिकरण स्थानिय जनप्रतिनिध विच छलफल भएको छ ।

छलफल मरिण गाउँपालिकाको उल्लेखित क्षेत्रमा महाभारत गाउँपालिका काभ्रेको वडा नंम्वर ६ बाट ११ केभी विद्युतलाइन टेपिङ्ग गरी काभ्रे,रामेछाप,सिन्धुली पूर्व विद्युतिकरणआयोजनाबाट सम्भव भएसम्म विद्युत लाइन विस्तार गर्ने साथै अन्य छुटपुट नपुग ठाउँहरुमा लाइन विस्तार कार्य सिन्धुली र काभ्रे वितरण केन्द्र ले समन्बय गरी आवश्यक निर्णय गर्ने सहमती भएको छ ।

मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका, बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका सिन्धुली, मरिण गाउँपालिका सिन्धुलीसंग समन्वयात्मक बैठक बसी समग्र विकास निर्माणमा समन्वय, सहकार्य गर्ने भएको छ।

मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिकाको वडा नंम्व २ अत्रौली बाट बागमती प्रदेशको सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिकाको केवनचुली क्यान भुताहा हुँदै मरिण गाउँपालिकाको बरुण, मौली, ठुलो गर्दुवा, खलंगा, कात्तिके बाँदरे हुँदै काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाको उद्याउने बनखु देविटार जनमुक्ती मार्ग हुदै विपी राजमार्ग सडक निर्माणको लागि राजमार्गको रुपमा निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारसंग संयुक्त रुपमा माग गर्ने निर्णय गरेका छन् ।

सो कार्यक्रममा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको अध्यक्षता मरिण गाउँपालिका अध्यक्ष श्री बिमर्ष मुक्तान तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष श्री बज्रध्वज वाईबा सहभागीता रहेको थियो ।

हरिहरपुरगढी गाँउपालीका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, महाभारत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि सिंह बिष्ट,लगायत वडाध्यक्षहरु, प्राविधिक कर्मचारीहरुको उपस्थितिमा समग्र विकास निर्माणमा समन्वय, सहकार्यको लागी अन्तरपालिका स्तरीय बैठक बसि महत्वपुर्ण निर्णयहरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *