विपद् व्यवस्थापनका लागि स्थायी संरचना निर्माण गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं,नेकपा (माओवादी केन्द्र)ले माथिदेखि तलसम्म विपद् व्यवस्थापनका लागि स्थायी संरचना निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन विभागको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पार्टीका जनवर्गीय संगठनका संयन्त्रमार्फत् माथिदेखि तलसम्म विपद् व्यवस्थापनका लागि स्थायी संरचना निर्माण गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले जानकारी दिए ।

उनका अनुसार पार्टीको नेतृत्वमा पूर्व–सूचना प्रणाली, जनसञ्जालको उपयोग, उद्धार, राहत र पुनर्निर्माणका कार्यक्रम अझ समन्वित, संगठनिक र प्रभावकारी ढंगले अघि बढाइने भएको छ ।

पार्टीका जनवर्गीय तथा शुभेच्छुक पेशागत संगठनका अध्यक्ष सहभागी बैठकले चट्याङ, बाढी–पहिरो, डुबान लगायत विपद्का अन्य सन्दर्भमा केन्द्रदेखि स्थानीय तहसम्म जनताको जीवन र सम्पत्तिको सुरक्षार्थ सक्रिय हुने निर्णय गरेको छ ।

बैठकले अघिल्ला वर्षमा पार्टी अध्यक्ष प्रचण्डसहित सिंगै पार्टीले पश्चिम नेपालमा आएको भूकम्प, काभ्रेका विभिन्न गाउँपालिका, काठमाडौं उपत्यका ९नख्खु, बल्खु, बागमती किनार०मा डुबान, कटान, बाढी पहिरोका बेला फिल्डमा उत्रिएर उद्दार र राहतमा पु¥याएको सहयोगको स्मरण समेत गरेको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी संरचना र सञ्जालमार्फत विपद् प्रतिकार्यलाई जनमुखी बनाउन र छिटोभन्दा छिटो विपद्मा परेका जनतामाझ जानका लागि संयन्त्र निर्माण र सञ्चालनबारे पार्टीको धारणा राखेका थिए । बैठकमा सहभागी जनवर्गीय तथा शुभेच्छुक पेशागत संगठनका अध्यक्षले आ–आफ्नो संगठनको प्रकृति अनुसार ‘फिल्ड’मा खटिने र जनतालाई विपदबाट जोगाउन हरतरले लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा विपद् व्यवस्थापन विभागका प्रमुख सूर्य सुवेदी (पथिक)ले पार्टीको नेतृत्वमा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि सम्मिलित टिम केन्द्रदेखि स्थानीय स्तरसम्म बनाइने बताए । टिममा सहभागी प्रत्येक सदस्य विपदमा परेका जनतालाई सहयोग गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘कुन तहमा कति संख्या र कस्तो खालको टिम आवश्यक पर्छ, त्यही अनुसार आफू सम्मलित संगठनलाई सक्रिय वनाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *