विपन्न नागरिक अस्पताल खोल्न राजन दाहालको प्रस्ताव

काठमाडौं,नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विपन्न नागरिक अस्पताल खोल्ने प्रस्ताव राखेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गरिब नागरिकको अस्पतालमा पहुँच नरहेको बताए । सरकारी अस्पतालमा समेत पहुँचवालाकै पहुँच रहेको उल्लेख गर्दै उनले गरिबहरुको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्ने बताएका हुन् ।

‘विपन्न नागरिकहरुलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरुका लागि निशुल्क उपचार गर्नका लागि विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवथाका गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’ उनले भने । अनलाईन खवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *