विवादै विवादमा रुमलिदै गोलन्जोर गाँउपालीका

सिन्धुली,गोलन्जोर गाउँपालिका स्थानीय तहहरु मध्ये सबैभन्दा बढी बिवादको चर्चामा रहने गरेको छ । सधैँझै विवादको घेरामा रहने गोलन्जोर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दौलत विक्रम कार्की र प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेल बीचमा अभद्र ब्यवहार मुद्धाका कारण निरन्तर बिवाद र गाउँपालिका कार्यालयमा अबरोध जारी छ ।

न्यायको माग गर्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको मुद्धा किराना लागेको छैन । आरोपित वडा अध्यक्ष कार्की २५ हजार धरौटी तारेखमा छुटनु भएको छन भने मुद्धा फैसला हुन बाँकी नै छ ।

प्रमुख प्रशासकिय अधिकृत पौडेलले सामान्य विवादलाई लिएर नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष कार्की विरुद्ध जाहेरी दर्ता गराएको भन्दै नेपाली काँग्रेस गोलन्जोर गाउँपालिका कमिटिले गत असार २७ गतेदेखि निरन्तर गाउँपालिका कार्यालयमा धर्नामा बसीरहेको छ । प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएको एक महिना बढी भैसकेको छ । प्रहरीको सुरक्षा सहित कार्यालय प्रवेश गर्न खोजेपनि प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष पुग्न सकेका छैनन् ।

यसै बिषयलाई लिएर गाउँपालिका अध्यक्षसँग सार्वजनिक रुपमा कुनै बिवाद नदेखिए पनि नेकपा९माओवादी केन्द्र० अर्थात गठबन्धन दलबाटै निर्वाचित उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने ‘पुकार’सँग भने पटक–पटक आन्दोलनरत नेपाली काँग्रेसको बिवाद हुने गरेको छ । प्रत्यक्ष रुपमा वा सामाजिक सञ्जाल मार्फत एक अर्को पार्टी बीचको बिवाद छरपस्ट हुने गरेको देखिन्छ । उपाध्यक्ष न्यौपानेले आन्दोलनरत काँग्रेसका गोलन्जोर सभापति मोति सापकोटासँगको फोन संवादलाई लिएर सार्वजनिक रुपमै माफी समेत माग्नु भएको थियो ।

बिशेषत प्रमुख प्रशासकीय अधिकृतको मुद्धाको बिषय भएपनि गोलन्जोर काँग्रेसले गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै गईरहेको तथा अपारदर्शिताको सिकार बनिरहेको आरोप लगाउँदै आएको छ । काँग्रेसबाटै निर्वाचित वडा अध्यक्षहरुले निरन्तर रुपमा योजना वाडफाड देखी आन्तरिक खर्चको अवस्था अपारदर्शि भएको भन्दै सामाजिक सञ्जाल मार्फत होस वा कार्यपालिका वैठकमा बिद्रोह गर्दै आईरहेका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिने अडान आफुहरुको कायमै रहेको नेपाली काँग्रेस गोलन्जोर गाउँपालिकाका सभापति सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “समान्य बिवादको बिषयलाई लिएर आफ्नै कार्यपालिकाको सदस्यलाई मुद्धा लगाउने जुन काम हाकिमले गर्नुभयो त्यो हाम्रो लागी स्वीकार्य छैन । मुद्धा, मेलमिलाप वा खारेजीको अवस्था नहुँदा सम्म हामी हाकिमलाई स्वीकार गर्न सक्दैनौँ ।” सापकोटाले भन्नुभयो, “गाउँपालिकामा रहेको बेथिती बिरुद्ध हामीले निरन्तर आवाज उठाईरहेका छौं, सिस्टम भन्दा बाहिर गएर गाउँपालिका चलाउने प्रयास भईरहेको छ, त्यो हाम्रो लागी स्वीकार्य छैन ।”

त्यस्तै गठबन्धन दल नेकपा९माओबादी केन्द्र०का रोशन श्रेष्ठले काँग्रेसको गतिविधी कानुन विपरित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “माननीय श्याम घिमिरे सहितको उपस्थितीमा बिवाद समाधानका लागी दलहरु बीच छलफल पनि भयो तर उहाँहरु संस्थागत भन्दा पनि समुह पिच्छे माग र अडान लिएर आन्दोलन गरिरहनु भएको छ ।” बार्ता र संवाद मार्फत समस्या हल गर्नुपर्छ भन्ने कुरामा आफ्नो दल सधै लागीरहेको र पटक–पटक छलफल भएपनि सहमतिमा पुग्न नसकिएको श्रेष्ठले बताउनुभयो ।

झण्डै २ महिना देखी चलिरहेको गोलन्जोर गाउँपालिकाको बिवादमा गठबन्धन दलहरु नै बिभाजित बनेका छन । उपाध्यक्ष ज्वाल प्रसाद न्यौपाने ‘पुकार’ले नेपाली काँग्रेसका नेता कार्यकर्ताले विभिन्न बखेडा झिक्दै गाउँपालिकामा बिवाद सिर्जना गर्ने गरेको भन्दै सामाजिक सञ्जालमा खरो अभिब्यक्ति दिदै आउनुभएको छ । उहाँले भन्नुभयो, “गाउँपालिकामा काम गर्न नदिने, बखेडा झिक्ने, अनि प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याउने जस्ता गतविधि भैरहेको छ, त्यो हामीलाई स्वीकार्य छैन ।”

गाउँपालिकाका प्रबक्ता तथा नेकपा(एमाले) गोलन्जोरका अध्यक्ष रेगनराज थापाले सधै बखेडा झिक्ने र काम गर्न नदिने काँग्रेसको गतिविधी बेठिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख प्रशासकीय अधिकृतको सरुवा उहाँहरुको पहिलो शर्त हो, सरुवा हामीले गर्न सक्ने अवस्था हैन अनि हामी कसरी उहाँहरुको मागलाई सम्बोधन गर्न सक्छौं ।” गाउँपालिकासँग आधिकारीक छलफल गर्न काग्रेस तयार नभएको थापाले बताउनुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष शंकरराज बरालले बार्ता र संवाद मार्फत नै आफुहरु समस्या हल गर्न तयार रहेको भएपनि उहाँहरु त्यसतर्फ नआएर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने र काम गर्न नदिने अडानमा रहेकोले समस्या भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *