सिन्धुली, सिन्धुली जिल्लाको कमलामाई नपा वडा नम्वर १० करकरे खोलावाट वेपत्ता भएका बर्ष १९ को पियुश थापामगर बगाएको कमलामाई नगरपालीका ९ भिमान र वडा नं १० सरकारी टोलको सिमानामा रहेको पुल मुनि कमलाखोलाको कुलोबाँधमा लास फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी गोविन्द काफ्लेले जानकारी दिएका छन।
उनी खोरखोलाको माथी नुहाउने स्थान (सानो झरना) मा बर्दिबासबाट १० जना बालकहरु नुहाएर फर्किदा सोहि खोरखोलाको बाटो हुँदै तल सिस्नेरी विपि राजमार्गमा आउने क्रममा १० जना मध्ये ७ जना अगाडी नै तल झरेको महोत्तरी बर्दिबास नगरपालीका ३ कालापानी बस्ने मोहन थापामगरको छोरा बर्ष १९ को पियुश थापामगरलाई सोही खोलाले वगाएर वेपत्ता भएका थिए ।
उनीसँग नुहाउन आएका सवै साथीहरु सकुल फर्किएको जिल्ला प्रहरी प्रमुख काफ्लेले वताए । आफुहरु समेत बाढीले गर्दा आउन नसकेको भनि संगै गएको मध्ये बर्ष अन्दाज १८र१९को मन्दिप मगर र बर्ष १८ को कृष्ण कार्कीले आफ्नो आफन्तलाई जानकारी गराएको र आफन्तले निजको परिवारलाई जानकारी गराई आफन्तहरुले इलाका प्रहरी कार्यालय जानकारी गराए पश्चात प्रनि टंक बहादुर कार्कीको कमाण्डमा ७ जनाको प्रहरी टोलि र भवानी बक्स गण भिमान सिन्धुलीबाट नेपाल आर्मीको ४ जना टोली समेत तत्काल खटि गई खोत तलास गर्दा फेला पार्न सकिएको थिएन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।