वोलेका कुरा पु¥याउलान एस्पीले

सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुली सुरुवा आएका प्रहरी उपरिक्षक(एस्पी) विनोद शर्माले पुलिसवाट नागरिक ठगिनु पर्ने दिन गएको वताएका छन् । प्रमुख जिल्ला अधिकारी भरत खनालको उस्थितीमा शर्माले जिल्ला प्रहरी कार्यालयमा आइतवार पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गरेका थिए । जिल्लामा आउने सवै प्रहरी प्रमुखले पत्रकारहरुसँग मिठास सैलीमा सुशासनका कुरा उठाए पनि कार्यन्वयन तहमा त्यस्तो देखीएको थिएनन । कार्यक्रममा पत्रकारहरुले दिएको सुझावलाई आधार वनाएर प्रहरीले सडकमा पैसा असुल्न पासो थाप्ने विगतको इतिहाँसलाई नदो¥याउन एस्पी शर्मालाई सुझाव दिएका थिए ।

परिचयात्मक कार्यक्रममा एस्पी शर्माले पैसा लिएर आउने व्यक्तीहरुलाई आफुले फर्काएको वताए । नदिजन्य खनिज पदार्थ निकाल्नेहरु मलाई खुसी दिन आएका थिए आफुले घुस खाने नगरेको भनेर उनीहरुलाई पठाएको वताए । नदी जन्य पदार्थ सिन्धुलीको मुख्य समस्या रहेछ त्यसको समाधान चाडै गर्ने छु शर्माले भने । मुद्धा शाखा नागरिकको पहुँचामा राख्ने,लागुऔषध उत्पादन वन्द गर्ने,व्यवसायी सँग पैसा असुल्ने विपी राजमार्गका चेक प्वाईन्ट हटाईने,सडक दुर्घटना न्युनिकरण गरिने,अपराध रहित समाजको व्यवस्था गरिने,वन पैदावरमा पुलिस संलग्नता नहुँने,जनताको काम गर्दा प्रहरीले एक रुपैयाँ पैसा कोहीसँग लिदैन त्यस्तो पाए जानकारी दिन अनुरोध गरेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *