व्याडमिन्टनमा विनोद र पद्मको जोडीलाई सफलता

सिन्धुली,निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगीतामा विनोद अधिकारी र पद्म मगर जोडी प्रथम भएको छ । अधिकारी र मगरको जोडीसँग सिधा सेटमा पराजित भएका विनोद भण्डारी र विनोद नेवाखड्गीको जोडीले दोश्रो स्थान सुरक्षित गरेका छन ।

तेश्रो स्थानको लागी खेलाईएको खेलको जिल्ला प्रहरी कार्यालयका रोषन श्रेष्ठ,सुभाष लोप्चनले वाजी मारेका छन् । उनीहरुसँग जिल्ला स्वाथ्य कार्यालयका शंकर माझी र विमल श्रेष्ठको जोडी सिधा सेटमा पराजित भए ।

निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको व्याडमिन्टन प्रतियोगीतामा नेपाल सरकार अन्र्तगतका कर्मचारीहरु विच प्रतिश पर्दा गराइएको थियो । निजामती,स्थानिय तहका कर्मचारी,सेना,प्रहरीले सो खेलमा भाग दिएका थिए ।

प्रथम हुने टिमलाई नगद रु १५ हजार प्रमाण पत्र ट्रफि पाउने छन् यस्तै द्धितिय हुने टिमले नगद १० हजार प्रमाण पत्र ट्रफि,तृतिय हुने टिमले नगल ५ हजार प्रमाण पत्र र ट्रफि पाउने खेल व्यवस्थापन समितीका संयोजन सागरकुमार ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *