सिन्धुली,नेपाल व्याडमिन्टन संघले वागमती प्रदेश व्याडमिन्टन संघका तदर्थ समिती संयोजक रुद्र थिङ्गलाई कारवाही गरेको छ । संघको विधान विपरित थिङ्गले गतिविधि गरेको भन्दै उनलाई कारवाही गरिएको व्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी दिए । थिङ्गलाई नेपाल व्याडमिन्टन संघले माघ मसान्त भित्र वागमती प्रदेश अधिवेशन गर्ने अन्तिम समयसिमा दिएको थियो ।
संघले दिएको समय अवधि भित्र थिङ्गले अधिवेशन गर्न नसेके पछि अधेवशन गर्नु नसक्नुको कारण सहित २४ घष्टा भित्र चित्तवुझ्दो स्पस्टीकरण पेश गर्न निर्देशन दिएको थियो । उनले त्यसलाई व्यवास्था गर्दै संघको विरुद्धमा गतिविधि गरिनै रहेकाले उनलाई वागमति प्रदेश व्याडमिनटन संघको संयोजकवाट कारवाही गर्नु परेको महासचिव श्रेष्ठले वताए ।
थिङ्गलाई कारवाही गरे पछि वागमती प्रदेश व्याडमिन्टन संघको निर्वाचन सम्पन्न गर्न ललितपुरका श्यामसरण महर्जनलाई जिम्मेवारी दिएको छ । महर्जनलाई एक महिना भित्र अधिवेशन सम्पन्न गर्ने समय सिमा तोकिएको छ । थिङ्गलाई कारवाही गरेको र महर्जनलाई अधिवेशन गर्न दिएको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वर काठमाडौ र खेलकुद विकाश परिषद वागमती प्रदेशलाई संघले वोधार्थ दिएको छ ।