शान्तिपुर्ण क्रान्ति जारी छःप्रधानमन्त्री

रामेछाप वेथान–प्रधामन्त्री तथा नेपाल कम्यनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको शान्तिपुर्ण रुपान्तरणसँगै क्रान्तिको स्वरुप फेरिएको वताउनु भयो ।
रामेछाप जिल्लाको सुनापती गाँउपालीकाको वेथान पानीघाटमा आयोजना गरिएको सत्ताईसौ शहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा वताउनुभएको हो । कार्यक्रमा प्रधानमन्त्रीले भन्नुभयो । जनयुद्ध देशको मुक्ति र परिर्वतनका निम्ति महान विद्रोह थियो ।
त्यति वेला हामीसँग ठुलो शक्ति थिएन,तर महान विचार थियो,ऐतिहासिक लक्ष्य थियो । त्यसको आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाई प्राप्त ग¥यो । त्यसले नै देशमा महान परिवर्तन सम्भव भएको हो ।
हामी अहिले पनि क्रान्तिमै छौ । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरुप फेरिएको छ । उहाँले भन्नुभयो । हामी समाजवाको लक्ष्यमा छौ । त्यसका निम्ति सामाजिक न्याय,शुसासन र समृद्धिको प्राथमिकता सहित अगाडी वढिरहेका छौं । यो क्रान्तिको शान्तिपुर्ण मोर्चा हो ।
कार्यक्रमा वेथानका शहिदहरु तीर्थ गौतम,फत्तवहादर स्माली मगर र दिलमाया वम्जनका परिवारलाई सम्मानका साथै शहिद स्मारकको उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *