सिन्धुली,शिद्धस्थलीमा अध्ययन गर्ने प्रि प्राइमरीका ५८ विद्यार्थी दिक्षित भएका छन् । विद्यार्थीहरुलाई शिद्धस्थली वोडिङ्ग स्कुलका प्रिन्सीपल ओम प्रधानले दिक्षित गर्नु भएको थियो । नर्सरी देखी एस केजी सम्मका विद्यार्थीहरुलाई ७ औ दिक्षान्त समारोह तथा ३२ औ अभिभावक दिवसका अवसरमा सो कार्यक्रम आयोजना गरिएको प्रिन्सीपल प्रधानले वताउनुभयो ।
कार्यक्रममा कमलामाई नगरपालीका प्रमुख उपेन्द्रकुमार पोखरेल,प्रमुख जिल्ला अधिकारी भरत खनाल सहितको सुरक्षा निकायका प्रमुख,प्याव्शन सिन्धुलीका अध्यक्ष,पत्रकार,अभिभावकहरुको सहभागीता रहेको थियो ।