संसद अवरुद्ध पारेर एमालेले जनता माथि अन्याय गराे:जनार्दन

सिन्धुली, नेकपा(माओवादी केन्द्र) का उप–महासचिव जनार्दन शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा अवरोध गरेर जनता माथि अन्याय गरेको बताउनुभएको छ । सिन्धुलीमा शनिवार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उप महासचिव शर्माले एमालेको अवरोधका कारण संसदमा जनताको समस्याहरु उठाउन नपाईएको बताउनुभयो ।‘ आज बाढी पहिरोहरुले धनजनको क्षति गरी रहेको छ । जनताको आवश्यकता र समस्याहरुका बारेमा आवाज उठाउन पाईरहेका छैनौं’ उहाँले भन्नुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका शर्माले सुन तस्करी प्रकरणलाई राजनितिक एजेण्डा बनाएर अनुसन्धान प्रक्रिया विथोल्न एमालेले उच्चस्तरीय छानविन समितिको माग गरेको आरोप लगाउनुभयो । ‘प्रतिपक्ष दलले सुन तस्कारीको मुद्धालाई राजनितिक एजेण्डा बनाएर संसद अवरोध गर्नु उचित होईन’ उहाँले भन्नुभयो ।
उहाँले सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गरी रहेको छानविनलाई विचैमा राखेर अर्को छानविन गराउदा भएका प्रमाणहरु झन नष्ट हुन सक्ने बताउनुभयो ।
उहाँले सिआईवीले गरेको अनुसन्धान प्रक्रियाबाट निस्कनेको प्रमाणहरुमा चित्त नबुझे वा थप छानविन गर्नु परेमा आगामी दिनहरुमा अन्य छानविन समितिहरु बनाउन सकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *