सिन्धुली,वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडक खण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन खाल्टले पहिरो पन्छाएर आइतबार दिउँसोवाट राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख पारषमिण हमालले जानकारी दिए ।
उहाँका अनुसार खुर्कोट मुलकोट सडकखण्ड गएराती देखि नै पहिरो पन्छाएर सञ्चालन ल्याइएको थियो । आइतबार नेपालथोक मुलकोट सडक खण्ड स्थानियत सरकारले संचालनमा ल्याएको छ । अहिले अल्पकालिन रुपमा सडक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
सडक सञ्चालनमा आएसँगै नेपालथोकबाट सिन्धुलीतर्फ आएर गाडीहरु आ–आफ्नो गन्तव्यमा जाने आउने क्रम सुरु भएको छ । वर्षा रोकिए पनि आइतबार बिहान मात्रै सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा सडक भाँसिएको थियो। उक्त ठाउँमा डाइभर्स बनाएर सडक सञ्चालन गरिएको डिभिजन प्रमुख हमालले बताउनुभयो ।