सिन्धुली कमलामाई नगरपालीका ६ स्टेल वजारमा रहेको समय वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनःविष्णु वम्जन निर्वाचित भएका छन । सो सहकारी संस्थाको १२ औ बार्षिक साधारणले पुन वम्जनलाई अध्यक्षमा निर्वाचित गरेको हो । सहकारीको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष काजिमान थिङ,सचिव काजिमान वजु,कोषाध्यक्षमा पुर्ण भोलन निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा क्रमश प्रेवहादुर सुनुवार,राम वज्यु,दुर्गा पाख्रीन र सविता भुजेल निर्वाचत भएका छन ।