सिन्धुली,सर्लाहीको बागमती नगरपालिका ४ का संगिता कुमारी बलले सम्बन्ध विच्छेद भइसकेको व्यक्तिको भनाईलाई आधार बनाएर आफ्नो चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन प्रशारण भएको भन्दै आपत्ती जनाएकी छिन् ।
उनले प्रेस विज्ञप्ती निकालेर समाचार प्रकाशन गर्नु अघि आफुँसँग कुनै सोधखोज नगरी चरित्र हत्या गर्ने उदेश्यले सम्बन्ध विच्छेद भइसकेको व्यक्तिको मात्रै भनाईलाई आधार बनाएर समाचार प्रकाशन प्रशारण गर्ने सञ्चार माध्यम विरुद्ध कानुनी उपचारको प्रक्रिया सुरु गर्ने बताएकी हुन् ।
केही अनलाईन सञ्चार माध्यमहरुले “पालिका अध्यक्षले श्रीमती भगाई दिएको उजुरी परेपछि माओवादीमा खैलाबैला” भन्ने शीर्षक राखी प्रकाशन गरेको समाचारमा आफ्नो चरित्र हत्या भएको भन्दै संगिताले आपत्ती जनाएकी छिन् ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले आफ्नो श्रीमती भगाई दिएको भनी भिम बहादुर मोक्तानले माओवादी केन्द्रको बागमती प्रदेश समितिमा उजुरी दिएको भन्ने बिषयलाई लिएर समाचार प्रकाशन भएका थिए ।
सम्बन्ध विच्छेद भईसकेको व्यक्तिले दिएको उजुरीको विषयमा समाचार प्रकाशन गर्नु अघि सम्बन्धित पक्षको सो विषयमा आफ्नो भनाई राख्न पाउनु पर्ने अधिकारलाई वेवास्ता गर्दै व्यक्तिगत चरित्र हत्या गर्ने किसिमको समाचार प्रकासन गरेकोमा विज्ञप्ती मार्फत संगिताले आपत्ती जनाएकी हुन् ।
काठमाडौंँ जिल्ला अदालतले मिति २०८० साल बैशाख ५ गते भिम बहादुर मोक्तान र संगिता कुमारी बल बिचको सम्बन्ध विच्छेदको फैसला गरेको छ ।
“भिम बहादुर मोक्तानसँग मेरो विवाह भएको र हामीबाट एक छोरीको अन्म भएको व्यहोरा साँचो हो तर निजले सधै पादक पदार्थ सेवन गरी झैझगडा गर्ने, गालीललौज, कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने, परिवार वाल बच्चाहरुलाई अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप पटक पटक गरिरहेको कारणले आफ्नो जिउज्इानको असुरक्षा भएको महशुस भएपछि निजसँगको वैवाहिक जीवन अगाडी बढाउन नसक्ने देखि मिति २०७८ साल भद्रा १३ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरी अदालतबाट मिति २०८० साल बैशाख ५ गते निजसँगको सम्बन्ध विच्छेदको फैसला भई छुट्टै बस्दै आइरहेको छु” विज्ञप्तीमा उल्लेख गरिएको छ । संगिताले यस्ता भ्रामक समाचारको पछि नलाग्न र उक्त समाचारमा सत्यता नरहेको बताएकी छिन् ।