समाजवादी मोर्चा निर्माणभए सुर्य पाख्रिन टाडीने संकेत

सिन्धुली,नेकपा माओवादी केन्द्र र डाक्टर वावुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी विच एकता गर्ने निर्णय भएको छ । दुई पार्टी एकता भए पछि माधव नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) विच एकता हुने चर्चा चलेको एकिकृत समाजवादी सिन्धुली जिल्ला उपाध्यक्ष चित्र लुंगेली को ठम्याईछ । ३ वटा पार्टी मिलेर समाजवादी पार्टी निर्माण गर्ने नेताहरु विच सहमती वनेको वुझ्छु लुंगेलीले भने ।

समाजवादी पार्टी निर्माण भए सिन्धुलीमा हाम्रो पार्टीका कतिपय नेताहरु नयाँ वन्ने पार्टी जान नसक्ने संकेत लुंगेलीले दिए । हाम्रो पार्टी एकिकृत समाजवादीको वैठकमा नेकपा माओवादी केन्द्र भित्र विधि पद्ती छैन भन्ने वुझाई छ । माओवादी सहितको मोर्चासँग पार्टी एकिकरण हुने भयो भने सिन्धुलीका सवै नेताहरु एकिकृत पार्टीमा सहभागी नहुँने लुंगेलीको अनुमान छ ।

प्रचण्ड,माधव र वावुरामले नेतृत्व गरेको पार्टी विच एकिकरण भए सुर्य पाख्रित,चित्र लुंगेली सहित केही नेताहरु पुरानै घर एमालेमा फर्किने छन । केन्द्रमा त्यसको नेतृत्व सो पार्टीका सम्मानित नेता झलनाथ खनालले गर्ने छन । भने गंगा नेपाल,शान्ति पाख्रीन,टंकविक्रम थापा सहित वहुमत नेताहरु ३ पार्टी एकिकरण पछि वनेको समाजवादी पार्टीमा जानेछन् । केन्द्रमा त्यसको नेतृत्व अध्यक्ष माधव नेपालले गर्ने छन् । सिन्धुलीका एक एकिकृत समाजवादीका नेताले दावी गरे ।

एमाले पार्टी विरुद्ध चर्का स्वरले वोल्ने र पार्टी नेतृत्व माधव नेपाललाई भिन्न पार्टी वनाउन दवाव दिने सुर्य पाख्रीनको वोली स्थानिय निकायको चुनाव पछि एकाएक फेरिएको छ । उनी अहिले एमालेसँग नजिक छन् । जिल्ला समन्वय समितीको निर्वाचन हार्ने स्पष्ट मत हुँदाहुँदै पाख्रिनले एमालेको टिकटवाट जिल्ला समन्वय समितीको प्रमुखमा उम्मेदवारी दिए र पराजय व्यहोरे । सपन्न स्थानिय तहको निर्वाचनमा सत्ता गठवन्धन नेपाली काँग्रेस,माओवादी केन्द्र र एकिकृत समावादी विच गठवन्धन गरेर चुनावमा जाने केन्द्रमा सहमती भएको थियो । त्यही सहमती अनुसार सुर्य पाख्रिनले जिल्ला समन्वय समितीको प्रमुखको दावी गठवन्धन भित्रका दलसँग गरेका थिए ।

सत्ता गठवन्धन दलले जिल्ला समन्वय समितिको निर्वाचनमा एक भोट नभएको एकिकृत समाजवादीलाई जिल्ला समन्वय समितीको प्रमुख दिन मानेनन । त्यस पछि काँग्रेस र माओवादी केन्द्रको नयाँ गठवन्धन वन्यो । त्यो गठवन्धनले माओवादी केन्द्रका कारसाँङ लामालाई साझा उम्मेदवार वनाएर वाँकी पद वाडेर निर्वाचनमा भाग लिए । त्यस पछि पाख्रिन माओवादी केन्द्रसँग टाडीएको वुझाई सोही दलका नेताहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *