सरकारले आन्दोलनरत शिक्षककाे माग केही परिमार्जन सहित सम्वाेधन गर्नु पर्छःःदाहाल

सिन्धुली,प्रतिनिधि सभा सदस्य राजन दाहालले विद्यमान संविधानको मातहत भित्र रहेर शिक्षकहरुको माग परिमार्जन गर्न सरकार तयार रहेको बताउनु भएको छ । सिन्धुलीमाढीमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै दाहालले भर्खरै विद्यालय शिक्षा ऐन संसदमा पेश भएको तर पास नभएकोले संविधानको मातहत भित्र रहेर सो विधेयकलाई परिमार्जन गर्न सकिने बताउनु भएको हो ।
विधेयक भित्र देखिएका कमजोरीको अध्ययन गरेर सच्याउने समय अझै बाँकि रहेकोले शिक्षक महासंघले विद्यालयनै बन्द गरे माइतीघरमा मण्डालामा आन्दोलन गरेर भन्दा पनि प्रधानमन्त्रीद्धारा आदेश भएकाले गृहमन्त्रीको नेतृत्वमा दुईपक्षीय बार्ता,संवाद तथा पैरवी गरेर व्यवस्थित रुपमा समस्या समाधान गर्न शिक्षक माहासंघ सँग दाहालले आग्रह गर्नुभयो ।
दाहालले भन्नुभयो “ विधेयक संसदमा पेश भएको हो । पास भएको छैन । त्यो सच्याउने छलफल गर्ने जिम्मा संसदको हुन्छ । यो समयमा शिक्षकहरुले व्यवस्थित ढङ्गले आफ्ना मुद्धाहरु स्थापित गर्ने,संविधानको मातहतमा रहेर सरकारद्धारा केके परिमार्जन गर्न सकिन्छ सरकारलाई सुझाव दिने उहाँले वताउनु भयाे ।

विधेयक भित्र केहि प्राविधिक कमजोरी देखिएपछि उक्त विधेयकलाई परिमार्जन गरेर ल्याइएको छ अझै आवश्यक परेमा संविधानको मातहत भित्र रहेर मारिमार्जनको लागि नेपाल सरकार तयार रहेको दाहालको भनाई छ ।
दाहालले शिक्षा विधेयकको ड्राफ निर्माण प्रक्रियामा त्रुटिहरु रहेको बताउनु भयो । शिक्षकको विधेयक निर्माणको समयमा शिक्षक र अभिभावकसँग समन्वय गरेर ऐन निर्माण प्रक्रिया अगाडि बढाएको भए अहिले शिक्षकहरु आन्दोलित हुनु नपर्ने दाहालकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *