सहकारी अभियान सफल हुन सकेनःराजन दाहाल

सिन्धुली,जिल्ला सहकारी संघ सिन्धुलीको ३० औं साधारण सभा उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य सांसद लेखनाथ दाहाल(राजन)ले नेपालमा सहकारीको कुनै विकल्प नभएको वताउनु भयो । हामी सवैलाई थाहा छ । संविधानले समाजवाद सम्म जाने परिकल्पना गरेको छ । समाजवादको पहिलो भ्रुडनै सहकारी हो । सहकारीको मुख्य तिन वटा लक्ष्य शहकारी करण,सामाजीकी करण र सार्वजनिकी करण भएको सांसद दाहालले वताउनुभयो ।

कार्यक्रम उद्घाटन गर्दै औधोगीक पुजीको विकास गर्न,राष्ट्रिय आफ्नै अर्थतन्त्रको विकास गर्न, वृहत्तर रोजगार सृजना गर्न,आयात घटाउन,र्नियात वढाउन,जनतालाई उत्पादन र रोजगारमा जोड्न सहकारीनै पहिलो पाईला भएको उहाँले वताउनुभयो । हामीले उत्पादन र रोजगार केन्द्रित सहकारी निर्माण गर्ने खोजेका हाँैं । वचत संकलन र ऋण प्रवाह गरेर मात्रै सहकारीको उदेश्य पुरा हुन नसक्ने धारणा दाहालले राख्नुभयो ।

नेपालका केही सहकारीका संचालकहरुले ठुलठुला रकम अपचलन गरेका छन् । ठुलठुला रकम अपचलन हुँदा पनि किन शेयर सदस्यले जानकारी पाएनन् ख्याल गर्न जरुरी छ । सहकारी भित्र अनुगमन र प्रभावकारी सुचना प्रवाह हुन नक्दा सेयर सदस्यहरु डुव्ने गरेका छन् । सहकारीका संचालकहरुले ठुलठुला रकम अपचलन गरेर भाग्ने मौका पाएका छन् साँसद दाहालले वताउनुभयो । जनताको सवै भन्दा नजिकको साथी सहकारी,जनताको दुःख सुखको साथी सहकारी केही सहकारीले आर्थिक अपचलनले गर्दा सिंगो सहकारीमाथी आक्षेप लागी रहेको छ । त्यस्ता सहकारीको कारण अहिले देशै भरिका सहकारी माथि प्रश्न चिन्ह खडा भएको छ । त्यसमा तपाईहरुले ध्यान दिन जरुरी छ सांसद दाहालले भन्नुभयो ।

हामीले जे सोचेका छौ सहकारी त्यसरी अगाडी वढ्न सकेको छैन । वचत रु ऋण प्रवाह गरेर मात्रै पुग्दैन । स्थानिय सरकारले पुजी निर्माण र पुजी परिचालन गर्छ । जिल्ला सहकारी संघले सिप र्सिजना र निति निर्माणमा ध्यान दिन जरुरी भएको उहाँले वताउनुभयो ।

स्थानिय सरकारले सम्वन्धीत क्षेत्रका सहकारीलाई प्रभावकारी सहयोग गरेको भन्दै ३० औ वािर्षक साधारण सभामा सुनकोशी गाँउपालीका,मरिण गाँउपालीका र तिनपाटन गाँउपालीकालाई सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *