सिन्धुली,राष्ट्रिय कलासंग्रायल सिन्धुली कलाको आयोजना तथा राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालको समन्वयमा नेपाली लोक खैजडी भजन प्रर्दशन कार्यक्रमको सिन्धुली क्षेत्र नम्वर २ का संघिय सांसद लेखनाथ दाहाल(राजन)ले उद्घाटन गर्नुभयो । कार्यक्रम उद्घाटन गर्दै सिन्धुली कलाघरलाई वागमती प्रदेश सरकारको तर्फवाट पटक पटक सहयोग गरेको स्मरण गराउदै उहाँले भन्नुभयो,कलाघर निर्माणको लागी डिपिआर तयार भए पछि सोही अनुसार पर्यटन मन्त्रालयवाट आवश्यक रकम विनियोजन गर्न पहल गर्ने सवैलाई जानकारी दिनुभयो ।
जिल्लामा नमुनाको रुपमा स्थापित हुँदै गएको कला घरलाई राज्यको तर्फवाट रकम अभाव हुन नदिने कार्यक्रममा सहभागी हुन अन्य जिल्लावाट आएका अतिथिहरुलाई सांसद दाहालले आश्वस्त पार्नुभयो । ुकार्यक्रममा सहभागी अतिथिहरुले प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालको पहल विना कलाघर निर्माण सम्पन्न गर्न असम्भव भएको वताएका थिए । कलाघर निर्माणको लागी जग्गा खरिद प्रकृया अगाडी वढाउन उहाँले २५ हजार रुपैयाँको चेक सोही अवसरमा हस्तान्तरण गर्नु भयो ।
वागमती प्रदेश अध्यक्ष नविन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा विशेष अतिधि प्रजापति पराजुली संस्थापक अध्यक्ष,नारायण खनाल लेकाली केन्द्रीय अध्यक्ष,खगेन्द्र पराजुली महासचिव,नारायण प्रसाद भुसाल उपमहासचिव,नारायण रेग्मी केन्द्रीय सदस्य,लक्ष्मी अधिकारी केन्द्रीय सदस्य,काशीराम अधिकारी लुम्वीनि प्रदेश अध्यक्ष,दुर्गा कोईराला केन्द्रीय कानुनि सल्लाहकार सहभागीता रहेको थियो । कार्यक्रम संचालक चित्रवहादुर थापा(सुमन आइडु)ले गरेका थिए ।
यसैगरी रुक्मीणि सुवेदी मकवानपुर अध्यक्ष,दिनेश काफ्ले,कमला खड्का विनोद प्रसाद पुडासैनि,करिणण् तिवारी,अनन्तप्रसाद कोइरालाल,भरतप्रसाद त्वचा,भिमलाल खनाल नवलपरासी अध्यक्ष सहभागी रहेको थियो । यस्तै सिन्धुली जिल्लाका तिनपाटन गाँउपालीका र कमलामाई नगरपालीका ३ चपौली तथा वडा नम्वर १२ खैजडी भजन सर्जकहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।