सिन्धुली,मरिण गाउँपालिका वडा नम्वर ५ को प्रशासनिक भवन उदघाटन तथा उज्यालो वडा घोषणा कार्यक्रमको सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले उद्घाटन गर्नु भयो । मरिण गाँउपालीका ५ को घाटामा निर्माण गरिएको प्रशासनिक भवन को दाहालले उदघाटन गर्नु भएको हो ।
साथै बिजुली वत्तिको स्वीच अन गरेर उज्यालो वडा घोषणा गर्नु भएको छ । सो कार्यक्रमा अन्तरिम सभा सदस्य तुलावहादुर माझी,वसन्त माझी,गाँउपालीका अध्यय विमर्श मोक्तान(प्रखयात),प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख राजनितीक दलका नेताहरुको सहभागीता रहेको थियो ।