मरिण,सिन्धुली नेकपा (माओवादी केन्द्र) मरिण गाउँपालिका समितिको पहिलो बैठक पौष २७ गते सम्पन्न भएको छ । समितिको अध्यक्ष काजीमान थिङको अध्यक्षतामा बसेको बैठकले दोस्रे गाउँ अधिवेशनको समिक्षा गर्नुका साथै अधिवेशनको आर्थिक आया–व्याय अनुमोदन सहित पारित गरेको छ ।
त्यसैगरी यो समितिको कार्यकाल पूर्ण रुपमा सफल बनाउन समितिका सदस्यहरुको कार्यविभाजन सहित सात बुँदे सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी जारी गरेको छ । जारी गरेको प्रतिबद्धतामा मरिणको क्रान्तिकारी जनताले पार्टीप्रति गरेको अपार माया, आशा र विश्वासलाई उच्च कदर गर्दै क्रियाशिल रहने, जनतासँगको सम्बन्ध सुमधुर र प्रगाढ बनाउँदै जनविश्वासमा आधाररित पार्टी संगठन निर्माणमा जोड दिने, आलोचना र आत्मालोचनाको विधि–पद्धत्तीलाई व्यवहारमा लागु गर्ने, सवैखाले अवसरवाद, नवसंशोधनवाद, गुटगत र मनोगत प्रवृत्तिहरुका विरुद्ध लड्दै जुजारु एकताबद्धा पार्टी संगठन निर्माणमा जोड दिने उल्लेख छ ।
बैठकले पार्टी विधान र नियमवली अनुसार कार्यालय टिम, सचिवालय चयन गर्नुका साथै सात वटा वडाहरुको इन्चार्ज र सह–इन्चार्ज तोकेर कार्यविभाजन समेत गरेको अध्यक्ष काजीमान थिङले बताए । व्यवस्थित पार्टी परिचालन नीति र पार्टी कार्यालय भवन निर्माणको गुरुयोजना तयारीको मस्यौदा लेखनका लागि अध्यक्ष काजीमान थिङको संयोजकत्वमा पदाधिकारीहरु रहने र आर्थिक नीति र नीयमवलीको मस्यौदा तयारीका लागिग बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ ‘उत्साह’को संयोजकत्वमा कोषाध्यक्ष नरेन्द्र कर्मचार्या सह–संयोजक सहित अन्य पदाधिकारीहरु रहने मस्यौदा समिति गठन गरेको अध्यक्ष थिङले बताए । उक्त मस्यौदा समितिले १५ दिनभित्र तयार गरी छलफलका लागि पेश गरिने अध्यक्ष थिङले जानकारी दिए ।
बैठकमा प्रदेश कमिटीका सदस्य तथा मरिणका इन्चार्ज पदम अस्थानी ‘शरण’, प्रदेश कमिटी सदस्य मरिण गाउँपालिका सरकार अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ र माओवादी नेता लिला पन्तले बैठक पूर्ण सफलताको शुभकामना सहित मन्तव्य राखेका छन् । यही पौष १७ र गते नेकपा –माओवादी केन्द्र) मरिण गाउँपालिका समितिको दोस्रो अधिबेशन भव्यरुपमा सम्पन्न भएको थियो ।