सामान्य प्रशासनमन्त्री न्यौपानेलाई वधाई दिदै पालीका अध्यक्ष बज्रध्वज वाइबा

काठमाडौं,हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेसँग निजी निवासमै पुगेर भेट गर्नुभएको छ । भेटका क्रममा उहाँले माननीय मन्त्रीज्यूलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

सोही अवसरमा गाउँपालिका अध्यज्यूले हरिहरपुरगढी गाउँपालिकाले सञ्चालन गरिरहेका गतिविधि, आगामी योजना, कार्यक्रम तथा समस्याहरुबारे माननीय मन्त्रीज्यूलाई जानकारी गराउनुभयो । मन्त्रीले गाउँपालिकाको योजना सफल बनाउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुुख प्रशासकिय अधिकृतलाई कार्यपालीकाको वैठकले हाजिर नगराउने निर्णय सँगै मन्त्रालयले गाँउपालीकाको खाता रोक्न कोष तथा लेखा नियन्त्रण कार्याललयलाई परिपत्र गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *