सिन्धुली,सिन्धुलीमा नाम चलेका तिन विद्यालयमा भगवती अक्षयकोष संचालन गर्न सार्वजनिक विद्यालयका प्रध्यानाध्यापक र भगवती वोडिङ स्कुल विच हस्ताक्षर भएको छ । भगवती स्कुलका संस्थापक प्रिन्सीपल कृष्ण उप्रेती,गौमती नमुना उमावि,जनज्योती उमावि फोस्रेटार र शिद्धवावा उमावि पानीट्याकीका प्रधानाध्यापकहरुले भगवती अक्षयकोष संचालन गर्न छुट्टा छुट्टै सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अक्षयकोषको रासी १ लाख ५० हजार रहेको छ ।
भगवती वोडि स्कुलका अध्यक्ष संजयकुमार दाहाल र प्रिन्सीपल कृष्ण उप्रेतीले शिद्धवावा उमावि पानीट्याकीका प्रधानाध्यापकका प्रधानाध्यापक टोमप्रसाद काफ्ले,नमुना गौमती उमाविका प्रधानाध्यापक दिपक वुढाथोकी र जनज्योति नमुना उमावि फोस्रेटारका प्रधानाध्यापक योगेन्द्र अधिकारीलाई जनहि १ लाख ५० हजारको दरले चेक हस्तान्तरण गरेका छन् । सो कोषको व्याजवाट प्राप्त हुने रकमले प्रत्येक वर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र,छात्रालाई सम्मान स्वरुप पुरस्कृत गर्नु पर्ने छ ।
भगवती अंग्रेजी माध्यमिक विद्यालयले सामाजीक उत्तरदायित्व अन्तरगत शैक्षिक उन्ययनमा सहयोग गर्ने उदेश्यले सामुदायीक विद्यालयहरुलाई भगवती अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेको विद्यालय संचालक समितीका अध्यक्ष संजयकुमार दाहालले जानकारी दिए । भगवती माविद्धारा संन्चालित विद्यार्थी कल्याणकारी कोषमा जम्मा भएको रकम मध्येवाट भगवती अक्षयकोष संचालन तिन सामुदायीक विद्यालयलाई रकम हस्तान्तरण गरेको प्रिन्सीपल कृष्ण उप्रेतीले वताए । भगवतीको विद्यार्थी कल्याणकारी कोषमा हाल ३५ लाख रुपैया वचत रहेको छ ।