सिन्धुलीका निर्माण व्यवसायीले वुझाए प्रजिअलाई ज्ञापन पत्र

सिन्धुलीका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन् । असार मसान्तमा समपन्न कामको भुक्तानी राज्यले नदिए पछि निर्माण व्यवसायीहरु आन्दोलित भएका हुन । वागमती प्रदेश सभा सदस्य तथा निर्माण व्यवसायी छेत्रवहादुर वम्जनको नेतृत्वमा सिन्धुली निर्माण व्यवसायी संघका अध्यक्ष तुलसीराम श्रेष्ठले विभिन्न ९ वुँदा सहित प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र वुझाएका हुन ।

सिन्धुली निर्माण व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएका मागहरु निम्न वमोजीम छन् । सवै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकावाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पुर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्नु पुनःआदेश जारी गर्नुपर्ने,अत्याधिक र अप्रत्याशित रुप्ले भएको मुल्यवृद्धीलाई सम्वोधन हुने गरी मुल्य समायोजन गरिनु पर्ने छ ।

यस्तै गरी रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र वजेट नभई काम हुन नसक्ने एवं कावु वाहिरका निर्माण कार्य सुवस्ताको आधारमा अन्त्य हुनु पर्ने,चेक वाउन्स र वैंक ग्यारेन्टी जफत गर्ने लगायतका कार्वाही रोकिनु पर्ने,वीमाको प्रीमियम दरमा भएको वृद्धिलाई खोरज गरिनु पर्ने,स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुल्यअभिवृद्धिकरको कट्टा गरेको रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनु पर्ने, उपभोक्ता समितीवाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने तथा कानुनमा संशोधन गरिनु पर्ने रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *