सिन्धुली जिल्लाका पत्रकारहरुलाई वागमती प्रदेश युवा परिषदलेको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिले आत्मासुरक्षा तालिम दिन लागेको हो । पत्रकारहरुको आत्मासुरक्षा तालिमको उद्घाटन कमलामाई नगरपालीका प्रमुख उपेन्द्रकुमार पोखरेलले गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितीका अध्यक्ष शिव देवकोटा,महासचिव कृष्णसारु मगर,कोषाध्यक्ष रमेश ढुंगेल,सिन्धुली पत्रकार महासंघका पुर्व अध्यक्षहरुको उपस्थिती रहको थियो ।
नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितीले ल्याएका प्रशिक्षकहरुले पत्रकारमाथि रिपोटीङ्गको क्रममा पर्ने समस्यावाट कसरी वच्ने सकिन्छ भन्ने उपायको वारेमा तालिम दिएका छन् ।
तामिलमा सिन्धुली जिल्लाका विभिन्न मिडीयामा कार्यरत २५ जना पत्रकारहरुको सहभागीता रहेको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पुस्कर थापाले गर्नु भएको थियो । तामिल जेठ १६ र १७ गते दुई दिन चल्ने छ ।