सिन्धुलीका यातायात व्यवसायीले यात्रुलाई टिकट दिदैनन,चलानी वोक्दैनन,ट्राफिक मुख दर्शक

सिन्धुली,सडकमा गुड्ने यातायातका साधनको अनुगमन गर्ने निकाय ट्राफिक प्रहरी मुख दर्शक वन्दिदा सिन्धुलीमा यात्रुहरु असुरक्षित यात्रा गर्ने वाध्य छन् । जिल्लावाट लामोदुरी काठमाडौ सम्म चल्ने यातायातका साधनले यात्रुलाई टिकट दिदैनन भने यात्रु चलानी पनि गाडीमा वोक्ने गरेका छैनन ।

सिन्धुली देखी काठमाडौं सम्म यात्राको भाडा प्रति व्यक्ती ८ सय रुपैयाँ लिन्छन तर पैसा तिरेको टिकट यात्रुलाई व्यवसायीले दिदैनन् । यात्रुले टिकट माग्यो भने छैन भन्ने जवाफ दिन्छन । सिन्धुली वसपार्क वाट गाडी छुट्दा कति जना यात्रु छन । तिनको ठेनागा र सम्पर्क नम्वर सहितको यात्रु चलानी व्यवसायीले गाडी चालकसँग हुनुपर्छ ।

सिन्धुलीका यातायात व्यवसायीले गाडीमा यात्रु चलानी वोक्ने नगरेको गुनासो यात्रुहरुले वेला वेला गर्ने गरेका छन् । गाडीमा यात्रु चलानी राख्नु पर्ने र टिकट यात्रुहरुलाई अनिवार्य दिनु पर्ने व्यवस्था भए पनि सिन्धुलीका यातायात व्यवसायीले दिने गरेका छैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख मन्जुकुमारी रानासँग जिग्याँसा राख्दा यस विषयमा आफुलाई जानकारी नभएको वताईन । हामी कहाँ यस्तो गुनासो आएको थिएन आजैवाट चलानी र यात्रुले अनिवार्य टिकट पाउने व्यवस्था मिलाउन आफु प्रतिवद्ध भएको रानाले वताईन । तर सर्वसाधारणले यातायात व्यवसयीसँग ट्राफिक प्रहरी कहि कतै चुकेको कारण यात्रुले दुख पाउने गरेको गुनासो गर्ने गरेका छन् ।


प्रमुख जिल्ला अधिकारी भरत खनाल यातायात व्यवसायीलाई यात्रुले पैसा तिरे पछि यात्रा अवधि सम्मको टिकट दिनु पर्ने वताउनु हुन्छ । सिन्धुलीवाट चल्ने हरेक यात्रुवहाक यातायातले यात्रु चलानी राख्ने र यात्रुले टिकट अनिवार्य पाउने व्यवस्था मिलाउछु प्रजिअ खनाले भन्नुभयो ।

यस विषयमा यातायात व्यवसायी संघसंग वुझ्ने प्रयास सफल भएन । विपी यातायात व्यवसायी संघका अध्यक्ष कान्छामान वलसँग पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन । सिन्धुलीगढी यातायात प्रालीका अध्यक्ष अर्जुन थापासँग फोन सम्पर्क गर्दा उनको मोवाईल स्वीच अप गरिएको थियो ।

यातायात व्यवसयाीले लामो दुरीमा यात्रा गर्दा यात्रु चलानी कागज गाडीको कर्मचारीसँग हुनु आवश्यक छ । यात्रु चलानीमा गाडीमा कति जना यात्रुहरु छन । उनीहरुको नाम ठेगाना,सम्पर्क नम्वर,कुन सिटमा को वसेको छ त्यसको विवरण हुने गर्छ । गाडी कतै दुर्घटनामा परेमा प्रहरीले त्यही यात्रु चलानीको आधारमा गाडी भित्र को को सवार छन् भन्ने जानकारी राख्छ । यस्तै गाडी कतै र्दुघटना भए त्यही टिकटको आधारमा यात्रुले दुर्घटना विमाको रकम दावी गर्ने अधिकार रहन्छ ।

सिन्धुलीवाट करिव एक दर्जन यातायात व्यवसायी कम्पनीले वस पार्कमा टिकट काउन्टर राखेका छन् । सवै भन्दा घेरै यातायात सुनौलो विपी यातायातसँग आवद्ध छन् । यस्तै सिन्धुलीगढी,कमलामाई,विजय किल्ला,चाहाना यातायात सहित यातायात व्इवसायीहरुको टिकट काउन्टर वसपार्कमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *