सिन्धुलीको क्यानेश्वरमा गाँजाफडानी

सिन्धुली,हरिहरपुरगढी गाँउपालीकाको क्यानेश्वरमा दुई विगाहा क्षेत्रफलमा लगाइएको गाजा फडानी गरिएको छ । गाउँपालिकाको वडा नम्बर ८ कालीखोला डाँडामा अवैध रुपमा लगाइएको गाजा फडानी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमरुख प्रहरी उपरिक्षक राजकुमार सिलवाल लगायत २५ जनाको संयुक्र टोलीले गाजाँ फडानी तथा नष्ट गरेको प्रहरीले जानकारी दिएको छ।

संसदमा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग उठिरहेका बेला सिन्धुली जिल्लामा ठूलो परिमाणमा गाँजा खेती हुँदै आएको स्थानियले बताएका छन् । निजी, सामुदायिक र चुरे क्षेत्रको वन फडानी गरेर समेत गाँजा खेती गर्ने गरेका छन।

मरिण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ र हरिहरपुरगढीका वडा नम्बर ४, ६, ७ र ८ मा धेरैजसो गाँजा खेती हुने गरेको छ। यहाँ जंगलको बीचमा वन फँडानी गरेरसमेत गाँजा खेती गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *