सिन्धुलीको क्यानेश्वरमा शिक्षक माथि गोली प्रहार

सिन्धुलीको हरिहरपुरगढी गाँउपालीकाको वडा नम्वर ६ ढप्से भन्ने स्थानमा आईतवार साडे ३ वजे एक शिक्षकमाथि गोली प्रहार भएको छ । मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ क्यानेश्वर हुँदै घर जाने क्रममा प्रेमबहादुर बम्जनमाथि ३ जनाको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

उनलाई सिन्धुलीको हरिहरिपुरगढी गाउँपालिका–६, स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा उनीमाथि गोली प्रहार भएको हो । सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द काफ्लेले ३ जनाको समूहले मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नल कटुवा बन्दुकले गोली प्रहार गरेको जानकारी दिएका छन ।

बम्जनले लगाएको हेल्मेटको दाहिनेतर्फबाट प्रहार भएको गोलीले गाला छेडेर दाँत (बंगारा) मा अड्किएको एस्पी काफ्लेले बताए । ‘दाँतमा अड्किएकाले ज्यान जोगिएको पाइयो । गोलीले हेल्मेटको दाहिनेतर्फबाट गाला छेडिएको थियो’, उनले भने ।

घाइते बम्जनलाई सर्लाहीमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको उनले बताए । त्यहाँ उनको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको छ । सिन्धुलीबाट छिमेकी जिल्ला प्रवेश गर्ने सबै नाकाहरुमा सुरक्षा कडा गरेर गोली प्रहार गर्ने समूहको खोजीकार्य भइरहेको एस्पी काफ्लेले बताए ।
मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुढेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्याक बम्जन आइतबार रौतहटको गैंटारस्थित आफन्तको घरबाट घर फकिँदै थिए ।

बम्जनले चलाएको प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकल पछाडि उनका भाइ दिलबहादुर बम्जन सवार रहेकोमा उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

३ जनाको समूहमा रहेका व्यक्तिहरुले बम्जनमाथि बाटो ढुकेर गोली प्रहार गरेको देखिएकोले दुश्मनीका कारण हुन सक्ने उनले आशंका गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *