सिन्धुलीको क्यानेश्वरमा शिक्षकलाई गोली हान्ने पक्राउ

सिन्धुली,शिक्षक प्रेमवहादुर वम्जनलाई गोली हानेको आरोपमा प्रहरीले सर्लाही जिल्लाको वागमती नगरपालीका वडा नम्वर ७ को तुफानपुर वस्ने कन्चन ठाकुरको छोरा प्रमानन्द ठाकुरलाइ सोही नगरपालीकाको वडा नम्वर १२ वथाने टोलवाट पक्राउ गरेको छ ।


जिल्ला अदालत सिन्धुलीले ५ दिनको म्याद थप गरि अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको छ । कात्तिक २५ गते शिक्षक वम्जन माथि गोली हानी फरार भएका ठाकुरलाई २६ गते प्रहरीले सर्लाही जिल्लावाट पक्राउ गरेको थियो ।

शिक्षक माथि आक्रमण कारी ठाकुरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर,सिन्धुली,सर्लाही र काभ्रेपलान्चोक जिल्लाको संयुक्त प्रहरी टोलीले खोजतलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एस्पी गोविन्द काफ्लेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *