सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ठूलो परिमाणमा गाजा सहित संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बोरा तथा फलामको ड्रममा लुकाई राखेको अवस्थामा ६ क्विन्टल १५ केजी फेला पाररको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
जिल्लाको हरिहरपुरगढी गाँउपालिका वडा नम्वर ७ चिसापानी स्थित थोले व्लोनको गोठमा लुकाईछिपाई राखिएको भनि सुचनाको आधारमा प्रहरीले सोही स्थानबाट उक्त परिमाणको गाँजा सहित संलग्न उदयपुर कटारी नगरपालिका वडा नम्वर ६ घर भई हाल हरिहरपुरगढी गाँउपालिका वडा नंम्वर ७ चिसापानी बस्ने बर्ष ४६ का कुमार पाख्रिनलाई पक्राउ गरेक हुन ।
ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले संलग्न पाख्रिनलाई गाँजा सहित गोठमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो । नियन्त्रणमा लिएको लागु औंषध गाँजा सहित पक्राउ परेका पाख्रिनमाथी थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।