सिन्धुलीको गोलन्जोरमा आगलागी लाखौको क्षति

सिन्धुली,जिल्लाको गोलन्जोर गाउँपालिका –७ माथिल्लो बारा स्थित पंचकन्या सामुदायिक बनमा लागेको आगलागीका कारण लाखौको धनमाल जलेर नष्ट भएको छ । सामुदायिक बनमा लागेको डढेलोले स्थानियको घरगोठ जलेर लाखौको धनमाल नस्ट भएको छ ।

आगलागीका कारण गोलन्जोर गाउँपालिका (७ बस्ने भक्त बहादुर श्रेष्ठको ढुङ्गा माटोले बनेको तर हाल बसोबास नगरिरहेको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीका कारण सोही स्थानमा बस्ने गणेश बहादुर थापाको ढुङगा माटोले बनेको गोठ जलेर क्षती पुगेको छ भने राम बहादुर बि।कले सञ्चालन गरिरहेको आरन समेत जलेर नष्ट भएको छ ।

ढुङ्गा माटोले बनेको घर, घरभित्र रहेको भाडा वर्तन, अन्नपात, लत्ता–कपडा, गोठ, आरन सबै जलेर नष्ट हुँदा आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । घटनामा कुनै मानिवय क्षती भने नभएको प्रहरी नायव उपरीक्षक दाहालको भनाइ छ ।

यसका साथै सुख्खा समय सुरु भएसँगै जिल्लामा आगलागीका घटनाहरु बढ्न थालेका छन् । जिल्लाको गोलन्जोर गाउँपालिका (१ रिठ्ठाबोट बस्ने शेर बहादुर चौहानको घरमा सनिवार दिउँसो अचानक आगलागी हुँदा ढुङ्गा माटोले बनेको जस्ताले छाएको २ वटा घर र २ वटा गोठ जलेर पुर्ण रुपमा क्षती भएको छ ।

आगलागीका कारण घर गोठमा रहेको अन्नपात, लत्ताकपडा भाडाकुडा, सुन ८ तोला, धान अन्दाजी ४० मुरी जलेर नष्ट भएको र घरपालुवा पशुचौपाया बाख्रा ९सानो ठुलो गरी० ७ वटा, कुखुरा ९ वटा जलेर नष्ट भएको र आगलागीको कारण भने खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *