सिन्धुली,नेकपा माओवादी केन्द्र सिन्धुलीले जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान अन्र्तगत गोलन्जोर गाँउपालीका र फिक्कल गाँउपालीकाको १३ वटै वडामा भेटघाट,भेला, बैठक,रक्तदान,विद्यालय,मन्दीर,सडक सरसफाई जस्ता जनतासँग प्रत्यक्ष सम्वन्ध राख्ने काम गरेको छ ।
वडा नम्वर ५ को खनियाँखर्कमा रहको गढी प्रहरी चौकीको हाता भित्र सांसद लेखनाथ दाहाल(राजन)ले विभिन्न जातका विरुवा रोपेर अभियान संचालन गर्नुभयो । गोलन्जोर गाँउपालीकाले वडा नम्वर ७ खुर्कोटमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । रक्तदान कार्यक्रमको उद्घाटन गोलन्जोर गाँउपालीका वडा नम्वर ७ का अध्यक्ष रेगन थापाले उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य वमध्वज लामा सहभागी भए । यस्त्रै वडा नम्वर ६ वलेनी,हैवार वडा नम्वर ३ को ग्वालटार, वडा नम्वर २ को वितिजोर धारापानी,वडा नम्वर १ कुडुले डुडभन्ज्याङ्ग,ज्यामिरे,धनसार कच्ची सडकमा श्रमदान गरेको नेकपा माओवादी केन्द्र गोलन्जोर गाँउ कमिटीका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।
यस्तै फिक्कल गाँउपालीकाले पनि ६ वटै वडामा अभियान संचालन गरेको छ । वडा नम्वर १ महाँदेवडाडा,वडा नम्वर २ पोखरी,वडा नम्वर ३ खोलागाँउ,वडा नम्वर ४ खाङसाङ्ग,वडा नम्वर ५ को स्वल्पाठाना र वडा नम्वर ६ को रन्तनावतीमा जनतासँग भेटघाट,श्रमदान,सरसफाई गर्ने काम सम्पन्न गरेको सो अभियानमा सहभागी विक्रम सुनुवारले जानकारी दिए ।