सिन्धुलीको ग्वाङ खोलामा अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्त जनको भिड

सिन्धुली,कमलामाई नगरपालीकामा छैठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको सिन्धुलीमा रौनक छाएको छ ।

छठ पर्वको मूख्य दिन आज छठमा व्रत बसेका श्रद्धालुहरू कमलामाई नगरपालीका ६ ग्वाङ खोलामा पूजास्थलमा भेला भएका छन् । छठ पर्वको रौनक हेर्न भक्तजनहरूको समेत ग्वाङ खोला तटमा भिड बढेको छ । भक्तजनले छठको पूजाका लागि उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारी लगायतका विभिन्न फलफूल ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *