सिन्धुलीको चियावारीमा हायस दुर्घटना १४ जना घाईते

सिन्धुली जिल्लाको कमलामाई नगरपालीका २ भद्रकाली नजिक बिपि राजमार्गमा काठमाण्डौंबाट गाईघाट तर्फ जांदै गरेको हायस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।

काठमाडौंंवाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हायस ब्रेक फेल भई सडक डिभाईडरमा ठोकीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । हायस जिल्ला उदयपुर त्रियुगा नपा ७ बस्ने बर्ष ४२ को सन्तलाल माझि रहेको प्रहरीले जनाएको छ । घांईतेहरुलई जिल्ला अस्पताल सिन्धुली ल्याई उपचार भई रहेको छ । चालक र सह चालकलाई केही नभएको, हाईस चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

हायस दुर्घटनामा परि घाईतेहुनेहरुमा क्रमश उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर ८ बस्ने बर्ष ३८ की यसोधा प्याकुरेल दुबै खुट्टा र मुखमा चोट मध्यम, निजको छोरा बर्ष १० को केशब प्याकुरेल दाहिने खुट्टामा चोट छाती ठोक्किएको अवस्था मध्यम,अर्जुन प्रसाद ढुङ्गाना बांया आंखामाथि चोट सामान्य,भगवती ढुङ्गाना दाहिने खुट्टा र हातमा चोट सामान्य,राम प्रसाद ढुङ्गाना दाहिने कुम ठक्किएको सामान्य घाईते भएका छन् ।

बासु प्रसाद ढुङ्गाना बांया खुट्टामा चोट सामान्य,अतिश ढुङ्गाना दाहिने कुम ठोक्किएको सामान्य,नबराज सुबेदी दुबै खुट्टामा चोट सामानय,रेणुका ढुङ्गाना दाहिने कुम र बांया खुट्टामा चोट सामान्य,सुनिल ढुङ्गानाको छोरी बर्ष १० की रेशिका ढुङ्गाना छातीमा ठोक्किएको सामान्य,सारदा ढुङ्गाना दाहिने कुममा चोट सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयलले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *