सिन्धुलीको तिनपाटन वेरुजुमा नमुना गाँउपालीका

सिन्धुली,सिन्धुलीको तिनपाटन गाँउपालीका वेरुजुमा नमुना गाँउपालीका देखीएको छ । गाउँपालिकाका अध्यक्ष मगरको एक दिनमै खर्च १ लाख बढी देखिएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले होटलमा खानाखाजा र बास बसेको झण्डै १३ लाख बेरुजु देखिएको छ ।

अध्यक्ष मगरले सिन्धुली जिल्ला भित्र र काठमाडौँ लगायतका होटलमा खानाखाजा खाएको १२ लाख ७५ हजार ९ सय ७७ महालेखा परिक्षकले बेरुजु देखाएको हो । आर्थिक वर्ष २०७८र७९ को महालेखा परिक्षकको प्रतिवेदनले नियम विपरित अध्यक्षले सेवा सुविधा लिएको भन्दै बेरुजु देखाएको छ ।

बागमती प्रदेश सरकारद्धारा प्रकाशित स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को ३ (क) मा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगाएतका अन्य पदाधिकारीले सोहि ऐनको अनुसुची १ ९क० मा उल्लेखित सुविधा पाउने व्यवस्था रहेको छ । तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले अनुसूची १ मा उल्लेखित सुविधा अतिथि सत्कार बापत प्रतिमहिना ९ हजार समेत ३४ हजार भुक्तानी लिएको प्रतिवेदमा उल्लेख गरिएको छ ।

ऐनले तोके बाहेक अध्यक्षको तोक आदेशमा गाउँपालिका, जिल्ला सदमुकाम, काठमाडौँ लगाएतका ठाउँमा होटलको बास, खानाखाजा खर्च १२ लाख ७५ हजार ९ सय ७ भुक्तानी भएको छ । ऐनले तोकेको व्यवस्था विपरित गाउँपालिका अध्यक्षको आदेशमा भुक्तानी भएको थप सुविधा बापतको खर्च नियम विपरित भएको महालेखा परिक्षकको प्रतिवेदनले बताएको छ ।

गत २०७८ असोज २० गते अध्यक्ष मगरले खाना, खाजा र होटलमा बास बसे बापतको १ लाख ४ हजार ५ सय ७६ रुपैया गाउँपालिकाबाट भुक्तानी गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, गत ०७८ मंसिर २९ गते अध्यक्ष मगरले सोहि होटल गढि दरबार होटलमा कोठा भाडा, खाना र खाजा खाएको १ लाख २१ हजार १ सय ३६ रुपैया गाउँपालिकाबाट भुक्तानी गर्नुभएको छ ।

२०७९ असार २२ गते गढी दरबार होटलमा खानाखाजा र बास बसेको १ लाख ५४ हजार ५० रुपैया सोहि दिन प्रयास होटल सिन्धुलीमा १ लाख ९ हजार ७ सय ५, शंखर होटल तिनपाटनमा ८० हजार २ सय ९०, थापा खाजा घर माझिटार सिन्धुलीमा ८९ हजार २ सय ५०, क्वालिटी फुड एण् फेसिली रेटुरेणडमा ७ हजार ७ सय ६० को मटन खाना खाएको, सिखर होटल भिमानमा खानाखाजा र बास बसेको ५५ हजार १० रुपैया गाउँपालिकाबाट भुक्तानी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *