सिन्धुलीमा बिहीवार लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले वि।पि राजर्माग अन्तर्गत भिमान चेकपोष्टबाट सर्लाहीको बरहथवा नगरपालिका वडा नं ७ बस्ने ३० बर्षीय बिक्रम चौधरीलाई ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ गरेको हो ।
बर्दीबासबाट काठमाण्डौ तर्फ जार्दै गरेको मधेश प्रदेश ०४–००१ ज ०१५५ नम्बरको यात्रुबाहक इभि भ्यानलाई चेक जाँज गर्ने क्रममा चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । चेकजाँचको क्रममा नाईट्राभेट १० नामक लागुऔषध ९६ पता, ट्रामाडोल १ हजार ४५० पता सहित चौधरीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकास सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेका चौधरीलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । चौधरी पक्राउ परेपछि अनुसन्धानको क्रममा सिन्धुपाल्चोक ठुलोपाखर गाउँपालिका ६ बस्ने २६ बर्षिय सफल श्रेष्ठ र सिन्धुली जिल्ला फिक्कल गाउँपालिका ६ बस्ने राहुल तामाङलाई पनि काठमाडौबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई लागु औषध नियन्त्रण ऐन ,२०३३ को दफा ४ को ९घ०,९ङ० र ९च० बमोजिमको कसुरमा र दफा १४ ९झ० बमोजिम सजायका लागि अनुसन्धान गर्न जिल्ला अदालत सिन्धुलीबाट म्याद थप भएको प्रहरीले जनाएको छ । काठमाडौबाट पक्राउ परेका प्रतिवादीहरुलाई भने सिन्धुली ल्याईएको प्रहरीले जनाएको छ ।