सिन्धुली जिल्लाको कमलामाई नगरपालीका वडा नम्बर ९ भिमान चेक पोष्टको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सर्लाहीबाट काठमाण्डौतर्फ जाँदै गरेको म.प्र.०३९००२ ख ०३०६ नम्बरको ट्रक भित्र बिलि विजक भन्दा अतरिक्ति र अबैध सामानहरु विहिवार साँझ पक्राउ गरेको छ । भिमान चेक पोष्टवाट प्रहरीले करिव ४२ लाख ३६ हजार वरावरको अवैध सामान पक्राउ गरी कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय वाराको पथलैया पठाएको जानकारी दिएको छ ।
प्रहरीले पक्राउ गरेको सामान चिनि १५० बोरा प्रति वोरा ५० केजी रु ६,७५,०००,काजु २० बोरा प्रति वोरा ३० केजी रु ८,००,०००,छोकडा ११ बोरा प्रति केजी ५०० रु १,६५,०००,सुपारी ६ बोरा रु ३,८४,००० पक्राउ गरेको छ ।
त्यसै गरी ,कालो मरिच २ बोरा रु ७२,००,सेतो मरिच ९१६ वोरा मुल्य ६,४०,००० र म.प्र.०३००२ ज ०३०६ नम्वर को ट्रक १ थान रु १५,००,००० सहित कुल जम्मा मुल्य रु ४२ लाख ३६ हजार वरावरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिए ।