सिन्धुलीको विपी राजमार्गमा लागु पदार्थ सेवन गरी गाडी चलाउने ७ चालक पक्राउ

सिन्धुली,सिन्धुलीको कमलमाई नगरपालीका ९ भिमान विपी राजमार्गवाट लागु पदार्थ सेवन गरी गाडी चलाउने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागु पदार्थ सेवन गरी गाडी चलाउने ७ जना क्रमश बर्दीबासबाट काठमाण्डौ जाँदै गरेको बा.प्र–०६–००१ज ०१४५ नम्वरको चालक जिल्ला महोत्तरी,बर्दीबास नपा १४ बस्ने वर्ष २७ को सौरभ भुजेल,राजविराजबाट काठमाण्डौ जाँदै गरेको बा.प्र–०१–००५ख ९६७१ नम्वर को हायस चालक जिल्ला सप्तरी,रुपनी गापा २ बस्ने वर्ष ३६ को गजेन्द्र कुमार यादब रहेका छन।

यस्तै गरी सर्लाहीबाट खुर्कोट जाँदै गरेको प्र,२–०४–००१ च ०११४ नमवर को पिकअप चालक जिल्ला सर्लाही,लालबन्दी नपा ५ बस्ने वर्ष २४ को विष्णु अधिकारी, काठमाण्डौबाट झापा जाँदै गरेको बा ४ ख ६६७७ नम्वर को हायस चालक जिल्ला दोलखा,कालिन्चोक गापा ९ बस्ने वर्ष ४३ को दिपक राज चिमरीया रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता अनिलकुमार खड्काले जानकारी दिएका छन ।

जिल्ला सिन्धुली कमलामाई नपा वडा नंम्वर ९ भिमान बसपार्क स्थित विपि राजमार्गमा चल्ने विभिन्न ६५ वटा सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण गर्दा ७ जना सवारी चालकहरुको लागु पदार्थ सेवन रिपोर्ट भेटिएको हुँदा निजहरुलाई लागु औषध नियन्त्रण ऐन वमोजिम आवश्यक कारवाहीको लागि प्रकृया अगाडि बढाइएको, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली,ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजना तथा जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुलीको प्राविधिक सहयोगमा इलाका प्रहरी कार्यालय,भिमानमा दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको‌ माध्यमबाट लागु पदार्थ ओसारपसार कार्यलाई रोकथाम गर्ने उद्वेश्य सवारी चालकको स्वास्थ्य परिक्षाण कार्यक्रम आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *