सिन्धुलीको सिंगो समाजवादी पार्टी एकताको पक्षमा

सिन्धुली,नेपाल समाजवादी पार्टी सिन्धुलीको सिंगो कार्यसमिति नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा रहको सो पाटीका जिल्ला अध्यक्ष सुरजवहादुर स्याङतान (वृहत)ले जानकारी दिए । समाजवादी पार्टीको सिन्धुली जिल्ला कार्यसमितिमा ४५ सदस्य छन ।

जिल्ला अध्यक्ष सुरजवहादुर सहित टंकनाथ तिम्मलसिना,मोदनाथ तिम्मलसिना,सरला माझि सहित ४५ जना नेताहरु माओवादी केन्दसँग हुने पार्टी एकता प्रकृयामा जाने भएका छन् । सिन्धुलीको मरिण गाँउपालीका घर भएका सो पार्टीका वागमती प्रदेश कमिटीका उपाध्यक्ष एकवहादुर राना(प्रशान्त) भने पार्टी एकता पक्षमा सहभागी हुने भएका छन् । २०८० साल चैत ३ गते नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वैठकले दुवै पार्टी विच एकता गर्ने सहमति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *