सिन्धुली,सिन्धुली हुँदै पूर्व मोरङतर्फ जाँदै गरेको हायस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। काठमाडौंबाट सिन्धुलीहुँदै मोरङ जाँदै गरेको बा ५ ख ६६१८ नम्बर हायस सिन्धुलीको कमलामाई नगरपालिका ८ सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएका सिन्धुली प्रहरीले जनाएको छ।
तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । दुर्घटनाका घाइतेहरूलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ। माइक्रो बसमा १९ जना सवार छन् । उनीहरूमध्ये चारजना सकुशल छन्। उनीहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।