सिन्धुली,जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित ६ स्थानमा आईतवार देखी यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोविन्द काफ्लेले कमलामाई नगरपालीका ६,दुधौली,डकाहा,मरिण,भिमान र खुर्कोटमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।
सहायता कक्षमा यात्रुहरुले यात्रा गर्दा परेका समस्याहरु प्रहरीलाई जानकारी गर्न सक्ने छन । चाडवाडको वेला सार्वजनिक यातायातमा हिड्दा यातायात व्यवसायिले यात्रुहरुसँग वढी भाडा लिने गरेको गुनासाहरु आउने गरेकोले यात्रु सहायता कक्षको स्थापना गरिएको प्रहरी उपरिक्षक काफ्लेले वताए ।