सिन्धुलीगढीको प्रहरी चौकी खनियाँखर्कमा निर्माणगरी उद्घाटन

सिन्धुली,कमलामाई नगरपालीका वडा नम्वर ३ मा रहेको ऐतिहाँसीक सिन्धुलीगढीको हाता भित्र रहेको प्रहरीलाई साररे गोलन्जोर गाँउपालीकाको वडा नम्वर ५ खनियाँखर्कमा निर्माण गरि उद्घाटन गरिएको छ । सिन्धुलीगढी आफैमा ऐतिहाँसीक महोत्व वोकेको स्थान र त्यसमाथि माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको शंकखोस गरेको अर्को ऐतिहाँसीक स्थान पनि हो ।

गढीवाट खनियाँखर्क चौकी सार्नुको वारे कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानाराय श्रेष्ठले विपि राजमार्गको वरिपरी प्रहरी चौकी राख्दा जनतालाई वढीभन्दा वढी सेवा प्रवाह गर्न सकिने भएकाले चौकी खनियाँ खर्कमा निर्माण गरिएको वताए । गढीमा राख्नु र यहाँ राख्नुमा तात्तिक भिन्न नभएको मन्त्री श्रेष्ठले तर्क छ । सवै हिसावले महत्वपुर्ण स्थान हुँदा हुँदै पनि गढीको प्रहरी चौकी खनियाँखर्क सार्नुको विकल्प नभएको उनले वताए ।

मन्त्री श्रेष्ठले वामगती प्रदेश सरकारले प्रत्येक वर्ष दुर्गम क्षेत्रमा रहका प्रहरी चौकीहरुलाई पुनःनिर्माण गर्दै ल्यैजाने योजना वनाएको वताए । यस वर्ष पाँच वटा प्रहरी चौकी निर्माणको प्रकृया अगाडी वढेको छ । त्यस मध्ये सिन्धुली जिल्लाको खाङ्गसाङ्ग प्रहरी चौकीको भवन निर्माण हुने छ । आर्थिक वर्ष २०८०÷०८१ को लागी वागमती प्रदेश प्रहरी अस्पताल निर्माण गर्ने गरी रकम विनियोजन गरिएको छ । सो अस्पताल निर्माण गर्न ३ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री श्रेष्ठले वताए ।

सो कार्यक्रमा वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) किरण राना,वागमती प्रदेश सभा सदस्यहरु मात्रिका भट्टराई,रामकुमार पहाडी,छेत्रवहादुर वम्जन,सुस्पा भुजेल,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धु्रव गैडा,जिल्ला समन्वय समितीका प्रमुख कारर्साङ्ग लामा,प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको उपस्थिती रहेको थियो ।

वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको करिव २ करोड ४२ लाखको लागतमा सो भनव निर्माण सम्पन्न भएको प्रहरी उपरिक्षक इन्जीनियर इश्वर थापाले जानकारी दिए । सो भवनमा कार्यालय,महिला प्रहरी आवास,पुरुष प्रहरी आवास तथा गेष्ट हाउस सहितको साडे दुई तले भुकम्प प्रतिरोधि भनव निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *