सिन्धुलीमा ठगी गरेर कुर्था सुरुवाल बेच्ने एक पक्राउ

सिन्धुली,सिन्धुलीमा कुर्था सुरुवाल बेच्ने आउनेले ठगी गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका वडा नम्बर ५ ऐसेलुजंगारमा ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीका राहुल साहलाई पक्राउ गरेको हो ।

साहले ३५ सय रुपैयाँमा एक थान कुर्था सुरुवाल किनेमा ५५ सय रुपैयाँको कुपन र आठ हजार रुपैयाँसम्मको जिन्सी सामान पर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुर्था सुरुवाल बेच्ने क्रममा साहले कुपन नपरे ३५ सय रुपैयाँ पनि फिर्ता हुने र अर्को पाँच थान कुर्था सुरुवाल निःशुल्क पाइने भन्दै ठगी गर्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *