सिन्धुलीमा तनाव व्यवस्थापन सम्वन्धी वागमती सरकारको अन्तक्रिया

सिन्धुली,वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेटौडाले सिन्धुलीमा आन्ताहत्या न्युनिकरण,मनोरोग रोकथाम र तनाव व्यवस्थापन सम्वन्धी एक कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रमा वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ,सचिव ध्रुव गैडा सहितको टोली सो कार्यक्रममा उपस्थित थियो ।

यस्तै गरी जिल्ला समन्वय समितीका प्रमुख खारसाङ लामा,समन्वय उपप्रमुख,कमलामाई नगरपालीका प्रमुख उपेन्द्र पोखरेल,दुधौली नगरपालीका प्रमुख दिनेश अधिकारी ,तिनपाटन गाँउपालीका अध्यक्ष कर्ण थापामगर,मरिण गाँउपालीका अध्यक्ष विमर्ष मोक्तान,गोलन्जोर गाँउपालीका अध्यक्ष शंकर वराल,ध्याङलेख गाँउपालीका उपाध्यक्ष शंकरमान घलानको सहभागीता थियो ।

यस्तै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका कार्यालय प्रमुखले सो तालिम लिएको थिए ।
कार्यक्रममा रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सहभागीहरुलाई तनाव व्यवस्थापन सम्वन्धी तालिम दिएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *