सिन्धुलीमा दादुरा रुवेला खोप अभियान सचालन

सिन्धुली,सिन्धुली अस्पतालमा औपचारिक खोप सञ्चालनको कार्यक्रमसँगै खोप अभियान जिल्लाभर सुरु गरिएको हो । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरि देशव्यापी रुपमा आयोजना गरेको खोप अभियान मंगलबार सुरु गरिएको हो ।

दक्ष जनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने मुल नाराका साथ आयोजित २६ औं स्वास्थ्य सेवा दिवसको अवसर पारेर सिन्धुलीमा खोप अभियान सुरु गरिएको हो ।
जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कारसाङ लामाले कमलामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम थापालाई खोप सामग्री हस्तान्तरण गर्दै दादुरा–रुवेला खोप अभियानको औपचारिक उद्घाटन गरेका थिए ।

जिल्लामा १५ गते देखि १९ गतेसम्म दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरीक्षक पुष्पराज पन्तले बताए । उनका अनुसार जिल्लाका २१ हजार चौहत्तर बालबालिका दादुरा–रुवेला बिरुद्धको खोप अभियानमा सरिक हुनेछन । जिल्लाका नौ स्थानीय तहका तीन सय ४७ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुनेछ ।

यो खोप ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई लगाईने छ । खोप अभियानमा जिल्लाभरका ३ सय ४७ जना स्वास्थ्यकर्मी र ६ सय ९४ जना स्वयंसेवक परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *