सिन्धुलीमा धानको भुस वोकेर वनेपा हिडेका ट्रक रोकीयो

सिन्धुली,कृषि उत्पादनमा जोडीएका कच्चा पदार्थ धानको भुसा वोकेर हिडेका ट्रकलाई ट्राफिक प्रहरीले गए रातीवाट सिनधुलीमा रोक्न सुरु गरेको छ । भुसा वोकेका ट्रक विपी राजमार्ग हुँदै काभ्रेपलान्चोक जिल्लाको वनेपा,धुलीखेलका गाई,कुखुरा फर्मका संचालकले लाने गरेका छन् । गाई,कुखुराको फर्ममा प्रयोग गरिने धानको भुसा र परालको धुसालाई सिन्धुली गए रातीवाट ट्राफिक प्रहरीको आँखा परेको छ । केही महिना अगाडी यसै गरी ट्राफिक प्रहरीले भुसा वोक्ने ट्रकहरु रोकेको थियो ।

पछि व्यवसायीले ट्राफिक प्रहरी मिलाए पछि भुसा,धुसा लिएर विपी राजमार्ग निर्वाद रुपले हिड्न दिएको थियो । नेपाली सेनाको श्री ९ नम्वर वाहिन अड्डा,विद्युत प्राधिकरण र गढी दरवार होटल अगाडी १५ वटा भुसा वोकेका गाडी रोकेर सम्वन्धीत स्थान तर्फ पठाएको छ । सिराहा जिल्लावाट ट्रकहरु भुसा ल्याउने गरेका छन् ।

गाडीका ड्राईभरवपी सुकवादुर तामाङले गए रातीवाट विना कारण ट्राफिक प्रहरीले भुसा वोकेको हाम्रो रोकेको वताए । यसैगरी नियमत भुसा लिएर धुलिखेल वनेपा दैनिक जाने गरेका थियौं । आज रातीवाट रोकीयो हामी सडकमा वसी रहेका छौ तामाङले भने । जिल्ला ट्राफिक प्रहरी प्रमुख वरिष्ठ सई मन्जुकुमारी राना गाडीको हुट भन्दा माथी (भवर) ओभर लोड भएकोले भुसाको गाडी रोकेको वताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *