सिन्धुलीमा नेपाल तामाङ घेदुङको नौ अधिवेशन

सिन्धुली,नेपाल तामाङ घेदुङ सिन्धुली जिल्लाको नौ जिल्ला अधिवेशन सुरुभएको छ । नौ तामाङ घेदुङको जिल्ला अधिवेशन उद्घाटन नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष रामकृष्ण भ्लोनले गरेका थिए । सो कार्यक्रमको उद्रघाटन गर्न नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले आउने भनेर प्रचार गरिए पनि गोले कार्यक्रममा उपस्थित भएनन् ।

कार्यक्रममा संघिय समानुपातीक सांसद सुशिला थिङ,वागमती प्रदेश सभा सदस्य द्धोय छेत्रवहादुर वम्जन,सुकुमायाँ तामाङ,जिल्ला समन्वय समितीका प्रमुख खारसाङ लामा,नेकपा माओवादी केन्द्र सिन्धुली जिल्ला संयोजन पानीराज वम्जन,नेपाली काँग्रेसका खड्गवहादुर वाईवा,नेकपा एमालेका जिल्ला उपाध्यक्ष कर्ण घिसिङ,ध्याङलेख गाँउपालीका उपाध्यक्ष शंकरमान घलान,एकिकृत समाजवादीका उपाध्यक्ष चित्र लुंगेलीले कार्यक्रममा शुभकामना मनतव्य दिएका थिए ।

कार्यक्रममा वोल्ने सवै वक्ताहरुले नेपाल तामाङ घेदुङका महासचिव काजिमान थिङको आलोचना गरेका थिए । जनजाती महासंघ आन्दोलमा रहेको वेला विवादास्पद अभिव्यक्ती दिएकी भगवती पाण्डेलाई राज्यसँग मिलेर जोगाउन थिङले भुमिका खेलेको भन्दै उनको वक्ताहरुले आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *