सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आफ्नै प्रहरी अपहरण हुँदा पनि घट्ना घुपचुप राख्ने प्रयास गरेको छ । साउन १२ गते शनिवार साँझ ८.१५ मा कमलामाई नगरपालीका ४ को हिरापानी चेक प्वाईन्टमा वाट ट्राफिक प्रहरी अपहरण प्रयास भएको थियो । भारतीय नम्वर प्लेटको सो गाडीलाई हिरापानी चेक प्वाईन्टवाट करिव ३०० मिटर परवाट प्रहरीले नियन्त्रणमा लिएको श्रोतको दावी छ ।
शनिवार प्रहरी अपहरण प्रयास भएको कुरा जिल्ला प्रहरी कार्यालयले गुपचुप किन राख्न खोज्यो रहश्यमय वनेको छ । भारतिय नम्वर प्लेटको सुजुकी कारमा सवार व्यक्तीहरुले ट्राफिक प्रहरी जवान अपहरण प्रयास गरेको श्रोतले जानकारी दिएको छ । प्रहरीले कार सहित त्यसमा सवार सवैलाई सोही समयमा नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एस्पी गोविन्द काफ्लेसँग जिग्याँसा राख्दा अचम्म मानेझै गरी अझै मातहतले जानकारी गराएको छैन भन्ने जवाफ दिए । अपहरण र शरिर वन्धक मुद्धा लगाएर जिल्ला अदालतमा उनीहरुलाई पेश गरिएको एस्पी काफ्लेले वताए । आफ्नै मातहतको प्रहरी अपहरण हुँदा पनि सो सम्वन्धी सुचना सन्चार माध्यमलाई दिन नखोज्नु को कारण संकास्पद भएको छ । प्रहरीले सो घट्ना आर्थिक लेनदेनवाट टुंग्याउन खोजेको घट्नाका जानकारहरुको आरोपछ ।
यसै गरी सुनकोशी गाँउपालीकाको एक होटलमा युवती वलात्कारको मुद्धा इलाका प्रहरी कार्यालयमा दर्ता भएको एक हप्ता हुन लागी सक्दा पनि प्रहरीले सो विषयमा सन्चार माध्यमलाई जानकारी गराएको छैन । सोही समयमा पुरुष पक्राउ गरी इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखीएको छ । खुर्कोटमा मुद्धा दर्ता भए पनि मिडीयालाई जानकारी गराउने अधिकारी जिल्ला प्रहरी कार्यालयमा हुन्छ ।