सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार गर्ने उदेश्यले ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिको आयोजनामा “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल कार्यक्रम सुरु भएको हो ।
माघ ७ गतेसम्म संचालन हुने फुड फेस्टिबल कार्यक्रमको आज एक कार्यक्रमका बिच कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले उद्घाटन गर्नुभएको छ ।
फुड फेस्टिबल कार्यक्रममा देशका चर्चित एक दर्जन बढी गायक, गायीका, नायक, नायीका, हास्यकलाकारहरुले आफ्नो कला प्रस्तुत गर्नेछन् । “कृषी, ब्यापार, उद्योग र पर्यटनको कसिः सांस्कृतिक तथा फुड फेस्टिबल २०८०” भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रममा स्थानिय कला संस्कृतिको जगेर्ना, मौलिक बाजागाजा, स्थानिय उपभोग्य उत्पादित बस्तुको प्रदर्शन तथा बिक्री बितरण, स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
२५ देखि ३० हजार बाह्य तथा आन्तरिक पर्यटकले प्रत्यक्ष अबलोकन गर्ने लक्ष्य राखिएको कार्यक्रममा बाल उधान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको साँगीतिक र हास्यब्यङ्ग सहितको मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ ।