सिन्धुलीमा भिड्ने तयारीमा माओवादी एमाले

सिन्धुली,नेकपा एमालेको सिन्धुलीको दुधौलीमा भएको वैठकले माओवादी केन्द्रका नेता तथा सांसद लेखनाथ दाहाल(राजन)लाई चेतावनी सहित दाहालको गतिविधिको डटेर प्रतिवाद गर्न सम्पूर्ण पार्टी पंतिलाई आग्रह गर्दछ भन्ने शव्द घोषणा पत्रमा उल्लेख गरे पछि माओवादी केन्द्रले त्यो निर्णय प्रति आप्पती जनाउदै चेतावनी दिएको छ । दुवै पार्टी एक आपसमा भिड्ने तयारी गरेको दुवै पक्षको निर्णय हेर्दा वुझिन्छ ।

माओवादीले वैयक्ती स्वतन्त्रताको अधिकारलाई कुन्ठीत हुने गरि आफ्नो पाटी नेता तथा सांसद माथि एमालले संस्थागत रुपमा गरेको निर्णय सच्याउन एमालेलाई सुझाव दिएको । माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त माझी र जिल्ला संयोजक पानीराज वम्जनले संयुक्त रुपमा विज्ञप्ती निकालेर सुझाव दिएका हुन ।

एमालेको सो निर्णयले माओवादीसँग सिधै मुठभेट गर्न तयारी रहेको आभास माओवादी केन्द्रलाई भएको छ । त्यसैले एमाले पार्टीले गरेको कथित प्रतिवादमा उत्रने निर्णय सच्याउदै संयमित र राजनितीक व्इवहार प्रस्तुत गर्न आग्रह गर्दछौ । एक विज्ञप्ती मार्फ माओवादी केन्द्रले अन्यथा यसवाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयम एमाले हुने समेत चेतावनी दिएको छ ।

नेकपा एमाले अध्यक्ष नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेतृत्व पंति एवं सिङ्गो नेकपा एमाले विरुद्ध कपोल कल्पित भ्रामक, अनर्गल दुष्प्रचार गरी चर्चामा आउनका लागि अनेक तिकडम गर्दै आएका सिन्धुलीका प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले आफ्नो पदीय मर्यादा भुलेर सिन्धुली जिल्ला कै बेइज्जत गर्ने गरी गरिरहेको क्रियाकलाप प्रति यो बैठक गम्भीर आपत्ति एवं खेद प्रकट गर्दै । उनको गतिविधिको डटेर प्रतिवाद गर्न सम्पूर्ण पार्टी पंतिलाई आग्रह गरे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *