सिन्धुली । सिन्धुलीमा लागु औषधको साथमा दोलखाका एक सहित ५ जना पक्राउ परेका छन् ।
कमलामाई नगरपालिका ९ बसपार्क स्थित बि.पि. लोकमार्गमा चेकजाँच गर्ने क्रममा लागु औषधको साथमा दोलखाका एक सहित ५ जना पक्राउ परेका हुन् । बा ६७ प ६३४१ नम्बरको मोटरसाकल चालक दोलखाका भिमेश्वर नगरपालिका ५ का २१ वर्षीय ईश्वर गजुरेल ५८ पिस टयाबलेट लागुऔषसहित पक्राउ परेका हुन् । यस्तै, प्रदेश नं २ ०२ ००४ प ६७४६ नम्बरको मोटरसाइकलमा सवार कमलामाई नगरपालिका १२ का २७ वर्षीय चुक्त बहादुर राउतको साथबाट ६० पिस लागुऔषध, बागमती प्रदेश–०२ ०३७ प ५७२१ नम्बरको मोटरसाइकल चालक कमलामाई नगरपालिका ५ का बिनोद कुमार दियाली १५ पिस लागुऔषधसहित पक्राउ परेका छन् ।
यसैगरी, मधेश प्रदेश नं ०२ ००७ प १४५ नम्बरको मोटरसाइकल चालक सिराहाका २७ वर्षीय गणेश ठाकुर एक्स्प्लोन लेखिएको एक सय मिलि लिटरको २ बोतल लागुऔषध, मधेश प्रदेश ०२ ००७ प ९६५ नम्बरको मोटरसाइकल चालक उमेश कुमार मुखियाले लगाएको कपडामा लुकाएर राखेको १० पिस टयाब्लेट लागु औषधसहित पक्राउ परेको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुुसार बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बेला उनीहरुलाई चेकिङको क्रममा पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।